FAQs Complain Problems

परोहा नगरपालिकाको संक्षिप्त परिचय

परोहा नगरपालिका नेपालको मधेश प्रदेशको रौतहट जिल्लामा अवस्थित छ।परोहा नगरपालिकाको घोषणा बि.स. २०७३ सालमा भई विधिवत रुपमा कार्यालय स्थापना भई संचालनमा आएको हो।यो नगरपालिका तत्कालिन छ वटा गा.वि.स.हरु मिलि बनेको र संघीय लोकतान्त्रिक गणतंत्र स्थापना पश्चयात नेपालको संविधानले परिकल्पना गरेको ३-तहको शासन व्यवस्था अन्तर्गत साबिकको गा.वि.स. र गाउँपालिका रूपान्तरण हुने व्यवस्था बमोजिम परोहा न.पा. ९-वडा बन्न पुगेको छ।
जम्मा वडा: ९
क्षेत्रफल: ३७.४५ बर्ग किमि
जम्मा घरधुरि : ७०२४
जनसंख्या: ४५७०२ (महिला: २२९९४, पुरूष: २२७०८),परिवारको औसत आकारः ६.५१, लैङ्गिक अनुपातः९८.७६,वार्षिक जनसंख्या वृदि्दर(%) ः१.९१, जनघनत्चः१२२०, सांक्षरता दर(%)‍ ः५५.०(पुरुषः६३.०१,महिलाः४७.१६)
पूर्व: यमुनामाई, माधबनारायण, दुर्गा भगबती गाँउपालिका
पश्चिम: भारत
उत्तर: बौधीमाई नगरपालिका, देवही गोनही नगरपालिका
दक्षिन: राजपुर नगरपालिका, इशनाथ नगरपालिका
समाबेस भएका सविक गाबिसहरू: बसन्तपट्टि, नरकटिया, लौकाहा, तेजापकड, जिङ्गडवा बेलविछवा र रामपुरखाप गाविस

वडा जनप्रतिनिधि

//