परोहा नगरपालिका नेपालको प्रदेश नं.-२ को रौतहट जिल्लामा अवस्थित छ।परोहा नगरपालिकाको घोषणा बि.स. २०७३ सालमा भई विधिवत रुपमा कार्यालय स्थापना भई संचालनमा आएको हो।यो नगरपालिका तत्कालिन छ वटा गा.वि.स.हरु मिलि बनेको र संघीय लोकतान्त्रिक गणतंत्र स्थापना पश्चयात नेपालको संविधानले परिकल्पना गरेको ३-तहको शासन व्यवस्था अन्तर्गत साबिकको गा.वि.स. र गाउँपालिका रूपान्तरण हुने व्यवस्था बमोजिम परोहा न.पा. ९-वडा बन्न पुगेको छ।
जम्मा वडा: ९
क्षेत्रफल: ३७.४५ बर्ग किमि
जम्मा घरधुरि : ७०२४